काठमाडौं- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत जसपा अध्यक्ष उपेन्द्र यादवसँग फराकिलो मतले अगाडि देखिएका छन्।
बिहान ९ बजेदेखि सुरु भएको मतगणनामा १९ सय मत गन्दा राउतले १ हजार २० मत ल्याएका छन भने यादवले ४ सय ५२ मत ल्याएका छन्।
त्यसैगरीी लोसपाका नेता जयप्रकाश ठाकुरले ३ सय ८ मत ल्याएका छन्।
०७४ को निर्वाचनमा जसपा अध्यक्ष यादव जितेको यो क्षेत्रमा यो पटक सुरुदेखि यादवलाई राउतले टक्कर दिइरहेका थिए।
देशभर चासोपूूर्वक हेरिएको यस क्षेत्रमा राउतसँगै प्रदेशतर्फ पनि उनको पार्टीले अग्ररता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।