काठमाडौं– कास्की क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ।
१८ सय ४ मत गणना हुदाँ स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँलले ५ सय ६१ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्। भट्टराईले ४ सय १७ मत पाएकी छन्।
एकिकृत समाजवादीका श्रीनाथ बरालले ३ सय २ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा ०७४ सालमा उप-निर्वाचनमा एमालेकी भट्टराईले जित हात पारेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।