बुटवल– रुपन्देही क्षेत्र नम्बर १ को सर्वदलीय बैठक भर्खरै सकिएको छ। बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत स्याम श्रेष्ठले जानकारी दिए।
‘हामीले भर्खरै सर्वदलीय बैठक सक्यौं। अब ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको छ’, श्रेष्ठले भने।
यस क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, नेकपा एमालेबाट छविलाल विश्वकर्मासहित प्रतिनिधि सभा सदस्यमा २१ जना उम्मेदवार रहेका छन्।
कूल १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेको यस क्षेत्रमा आइतबार भएको मतदानमा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।