काठमाडौं– ललितपुरको तीन वटै क्षेत्रको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।
ललितपुर-१ मा नवराज सिलवालले प्रारम्भिक अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका उदय शमशेर राणलाई पछि पारेका छन्।
क्षेत्र-१ मा एमालेका सिलवालले ६ सय ६७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उदय शमशेर राणा ४ सय १ र स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन्।
त्यस्तै क्षेत्र २ मा एमालेका प्रेमबहादुर महर्जनएमाले १३ सय १७ , हाम्रो नेपाली पार्टीले ८ सय ९७ र एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ७ सय ७७ मत प्राप्त गरेका छन्।
त्यस्तै ललितपुर-३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्। खड्काले ५ सय १६ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले पछ्याइरहेकी छन्।
कार्कीले ४ सय ९८ र माओवादीकी पम्फा भुसालले २ सय ९७ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।