गुल्मी- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मी- २ को मतगणना गर्न सर्वदलीय बैठक ११ बजे बस्ने तयारी भइरहेको छ।
जिल्लाका विभिन्न स्थानबाट राति ३ बजेसम्म मतपेटीका मतगणना लागि तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए।
राति अबेरसम्म निर्वाचनका कर्मचारी खटिएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर गणना सुरु गरिने पौडेलले बताए।
गुल्मी-२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको थियो। यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २ लाख २३ हजार ६ सय १५ जना मतदाता छन्। जिल्लाका २ सय ७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो।
निर्वाचनका लागि २ हजार ५ सय बढी सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको थियो।
जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभामा ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।