काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सुरुवाती अग्रता लिएका छन्।
२०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चुनाव चिह्न भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन्। मतगणना बिहान ८ बजेदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।