काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्। बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्।
यस्तै जनमत पार्टीका शम्भु साहले १ सय ५५ र लोसपाका अनिल कुमार झाले १ सय ३० मत ल्याएका छन्। धनुषाको क्षेत्र नम्बर १, २ र ४ को मतगणना ९ बजेदेखि सुुरु हुँदैछ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टीको उम्मेदवारका रुपमा राजेन्द्र महतो निर्वाचित भएका थिए। महतो ३० हजार ७५० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधि २७ हजार ८४७ मतमा सीमित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।