काठमाडौं– कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा सोमबार बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो।
प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, नेकपा एमालेकी विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायत उम्मेदवार छन्।
प्रदेश सभातर्फ क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।