काठमाडौं- झापा- २ मा पनि मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि बिहान ५ बजेबाट मतगणना सुरु भएको हो।
झापाको अर्जुनधारा नगरपालिकामा रहेको महारानीगञ्ज विद्यालयमा मतगणना सुरु गरिएको हो। झापा- २ मा ६५ प्रतिशत मत खसेको थियो।
झापा- २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रका हरिकुमार रानामगरबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
२०७४ को निर्वाचनमा यहाँ एमालेको तर्फबाट पवित्रा निरौला (खरेल) विजयी भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।