काठमाडौं- गोरखाको दुवै निर्वाचन क्षेत्रमा पुनः मतदान गर्न नेकपा एमालेले माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै गोरखा एमालेका सचिव काजीराम रोकाले मतदानमा धाँधली भएको आरोप लगाएका छन्।
विभिन्न मतदान केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्ने जस्ता अवान्छित क्रियाकलाप भएको एमालेको आरोप छ।
उसले घटनाको छानबिन गरी पुन निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो।
प्रतिनिधि सभातर्फ एमालेका तर्फबाट गोरखा- १ मा रामशरण बस्नेत र गोरखा- २ मा अब्दुस मियाँ निर्वाचनमा होमिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।