काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
आइतबार सम्पन्न निर्वाचनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले भने- 'यो संख्या सम्पूर्ण विवरण प्राप्त भइसकेपछि केही प्रतिशत बृद्धि हुन सक्छ भन्ने आयोगको अनुमान छ। यो आयोगको अपेक्षा भन्दा कमी हो भन्ने हामीलाई लागेको छ।'
यस्तै, केहि छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहपूर्वक भएको पनि थपलियाले जानकारी दिएका छन्। थपलियाले सम्बन्द सबै पक्षलाई धन्यवाद व्यक्त गरेक छन्।
आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।