काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन्।
आइतबार साँझ ट्विट गर्दै उनले निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्। 'निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र पर्यवेक्षकहरुमा धन्यवाद तथा आभार व्यक्त गर्दछु', उनले लेखेका छन्।
त्यस्तै देउवाका तर्फबाट कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको वक्तव्यमा नागरिकको दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको उल्लेख छ।
'मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ', वक्तव्यमा उल्लेख छ।
देउवा डडेलधुराबाट उम्मेदवार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।