काठमाडौं– अर्घाखाँचीको एक मतदान केन्द्रमा करिब ३०० मत खसेपछि प्रतिनिधि सभातर्फ प्रदेश सभाको मतपत्रले मतदान भएको रहस्य खुलेको छ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका करिब १ बजेसम्म यसरी गलत मतपत्रमा मतदान भएको पाइएपछि त्यसलाई बदर गरिएको छ।
पुन: मदाताहरुलाई बोलाएर मतदान गराइएको र उक्त निर्वाचन केन्द्रमा १० बजेसम्म मतदान गरिने निर्णय भएको उनले बताए।
उक्त क्षेत्रको निर्वाचन अधिकृतलाई हटाएर जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीलाई मतदान अधिकारी बनाएर मतदान गरिएको उनले जानकारी दिए।
यसरी फरक परेको मतदान केन्द्र थियो आर्दश मावि मालरानी गाउँपालिका वडा– २ खनदह। प्रमुख जिल्ला अधिकारीसहित उक्त निर्वाचन क्षेत्रमा उपस्थित भएर पुनM मतदान गरिएको उनले बताए।
४ बजेपछि मात्र उक्त क्षेत्रमा मतदान सुरु गरिएको थियो। दिउँसो १२ बजे यसरी मत खसेको पाइएपछि विवाद सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।