पोखरा– कास्कीमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार प्रारम्भिक विवरण अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको छ।
कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता छन्।
‘२ गाउँपालिकाको मत नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको अनुमान छ,’ न्यौपानेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।