काठमाडौं– सबैभन्दा कम मतदाता भएको जिल्ला मनाङमा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको हो।
जम्मा २८ वटा मतदान केन्द्र रहको मनाङमा ४ हजार ८४५ मत खसेको छ। जसमा पुरुषतर्फ २ हजार ४ सय ८६ मत खसेको छ भने २ हजार ३ सय ५९ महिलाले मतदान गरेका छन्।
यस्तै कारागारमा रहेका कैदीमध्ये ९९ जना पुरुष र ५ जना महिला गरी १०४ जनाले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।