पोखरा– बागलुङमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित भएको छ।
बागलुङको जैमिनी नगरपालिका–४ स्थित जनता मावि मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो।
स्थगित भएको मतदान सञ्चालन गर्नका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।