पोखरा– स्याङ्जामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ।
स्याङ्जा आधिचौघेरास्थित भानु मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिए। 
विवाद हुँदा अहिले मतदान स्थगित भएको छ। अहिले स्थिति नियन्त्रणमा आएको र मतदान सुरु गर्न सर्वदलीय बैठक बसिरहेको उनले जानकारी दिए। 
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।