काठमाडौं– निर्वाचन आायोगले आइतबार अपराह्न ३ बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको छ।
रोकिएका केन्द्रमा मतदान कार्य छिट्टै सूचारु गर्ने आयोगको तयारी रहेको बताएको छ। आयोगले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएको हो।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ’, आयोगले भनेको छ, ‘यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।