काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मतपत्र जलाइएको छ। आइतबार मतदानको क्रममा प्रदेश तर्फको मतपत्र जनाएपछि मतदान स्थगित भएको छ।
स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले पालिकाको वडा नम्बर १ को भगवती आधारभूत विद्यालयको बुथमा मतपत्रमा आगो लागेको जानकारी दिए। रुडीको प्रदेश सभाअन्तर्गत समानुपातिक तर्फको (क) का लागि मतदान भएको उक्त बुथमा कसले र किन आगो लगाएको भन्ने खुल्न नसकेको रोकायाले उनले बताए।
अध्यक्ष रोकायाले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘मतदानको क्रममा प्रदेश समानुपातिक मतमा एकाएक आगो देखियो। त्यसमा एसिड हालेको हो कि भन्ने अनुमान गरेका छौं। यो कुनै विवाद भएर भएको होइन। वातावरण अहिले शान्त छ। मतपत्रहरूको मुचुल्काको काम भइरहेको छ। अब छिट्टै मतदान सुरु गर्ने तयारीमा छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।