काठमाडौं– सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसालेको पाइएपछि मतदान रोकिएको हो।
प्रदेश सभाको ब्यालेट बक्समा प्रतिनिधि सभातर्फको करिब एक सय मत खसालेको पाइएको छ। एक सय मत खसालिसकेपछि मात्र थाहा पाइएपछि विवाद उत्पन्न भएको छ।
दिउँसो साढे १२ बजेदेखि मतदान रोकिएको क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशर खनालले जानकारी दिए। सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।