काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ।
हवाई फायरपछि मतदान रोकिएको छ। मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ।
मत हाल्न पुगेकी एक मतदाताको नाममा अर्कैले मतदान गरेको पाइएपछि विवाद शुरु भएको थियो।
विवाद बढ्दै गएपछि प्रहरीले हवाई फायर गरेको हो। सर्वदलीय बैठक राख्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।