मनाङ– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल ६ हजार ७७९ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।