काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच मतदान केन्द्र अवलोकनका क्रममा जम्काभेट भएको छ।
सिंह र मिश्रको रत्नराज्य महादेवस्थान केन्द्र अगाडि जम्काभेट भएको हो। मिश्रसँग जम्काभेटमा सिंहले भने, ‘मनोनयन दर्तामा भेट भएको थियो। आज भेटियो। अब ५ वर्षपछि भेटौँला।’
जवाफमा मिश्रले भने, ‘अब अर्कोपटक उम्मेदवारका रूपमा सम्भवतः हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौ–१ का मतदातालाई अब म चाहिएको छ।’
उनीहरुको प्रतिस्पर्धा भने २०७४ सालदेखिकै हो। यस अघि यो क्षेत्रबाट सिंह विजयी भएका थिए।
मिश्र यो पटक जित निकाल्ने कसरतमा छन् भने सिंह आफनो ‘विरासत’ लाई जोगाउने कसरतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।