प्रतिकात्मक तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडौं– चुनावको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा सर्लाहीमा १ जनाको मृत्यु भएको छ। 
गोडैता नगरपालिका-६ बगदहमा चुनावको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो। 
झडपमा परेर ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो। 
अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।