काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत मतदानका क्रममा बाजुराका विभिन्न क्षेत्रमा झडप भएको छ। मतदानको क्रममा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो।
बुढीगंगा नगरपालिका ७, त्रिवेणी नगरपालिका–३ र ७, बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी, स्वामिकार्तिक गाउँपालिकाको जुकोट मतदान केन्द्रमा झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सूर्य थापले नेपाल लाइभलाई जानकारी दिए।
स्थगित भएका केही ठाउँमा मतदान पुनः सुचारु भएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।