काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र हाल्ने मतपेटिका साटिएको भन्दै पाल्पाको तानसेनको जनप्रिय मावि मतदान केन्द्रमा ६८ मतदान रद्द गरी फेरि मतदान गर्न थालिएको छ।
बिहान मतदान सुरु हुँदा समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएपछि रद्द गरेर पुन: सुरुदेखि नै मतदान गर्न थालिएको हो।
मतपेटिका साटिएर विवाद भएपछि मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक गरेर खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने निर्णय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।