काठमाडौं– मधेस केन्द्रित दल नेताहरुले मतदान गरेका छन्। केही नेताहरुले भने आफूलाई मत दिन पाएनन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूलाई मतदान गर्न पाएनन्। उनीहरु आफ्नो मतदाता नामावली रहेको भन्दा अन्य क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा उम्मेदवार छन्। उनको मतदाता नामावली भने क्षेत्र नम्बर १ बाट छ।
उनका प्रतिस्पर्धी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादवले सर्लाहीको हरिपुर्वा मतदान केन्द्र पुगेर मतदान गरेका छन्। यादव माओवादीको चुनाव चिह्नसहित सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार छन् ।
यस्तै, लोसपा अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीसहित अन्य नेताहरुले पनि मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।