काठमाडौं– विवाद बढ्दै जाँदा बाजुराका तीनवटा मतदानकेन्द्रमा मतदान स्थगित भएको छ।
बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को मतदान केन्द्रमा मतदान स्थगित भएको हो।
राजनीतिक दलका नेताकार्यकर्ताले एक आपसमा विवाद उत्पन्न गरेपछि मतदान कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।