काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू उम्मेदवार रहेको गोरखा–२ मा मतदान केन्द्रको अवलोकन थालेका छन्। चितवनमा मतदान गरेपछि प्रचण्ड गोरखा पुगेका हुन्।
अध्यक्ष प्रचण्डले आइतबार बिहान चितवन निर्वाचन क्षेत्र ३ शिवनगरस्थित भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट मतदान गरेका थिए।
प्रचण्ड चितवनका स्थायी बासिन्दा भए पनि उनी गोरखा-२बाट उम्मेदवार बनेका छन्। उनी एमालेका अब्दुश मियाँ लगायतका उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।