काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्।
उनले दार्चुलाको महाकाली नगरपालिका–५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन्।
उनी प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा भने एमालेका गणेशसिंह ठगुन्नासँग हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।