मुगु– मुगुका पाँचवटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ। जिल्ला प्रहरी कार्यालय मगुका अनुसार खत्याड गाउँपालिकाका पाँच मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएका हुन्।
खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ। अहिले ती मतदानस्थलको अवस्था सामान्य रहेको र मतदान चलिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।