काठमाडौं- सिरहामा तीन राउण्ड हवाइ फायर भएको छ। सिरहाको मिर्चयामा मतदान केन्द्रको विषयलाई लिएर तनाव उत्पन्न भएपछि हवाइ फायर भएको छ।
मतदान केन्द्रको विषयमा विवाद भएपछि तीन राउण्ड हवाइ फायर भएको र अहिले सामान्य भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले नेपाल लाइभलाई जानकारी दिए।
त्यसैगरी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु भेटिएपछि मतदान स्थगित भएको छ।
शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको राईले बताए। सेनाले डिस्पोज गरिसकेपछि उक्त केन्द्रमा मतदान सुरु हुनेछ।
अन्य ठाउँको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।