काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदान गरेर गोरखा पुगेका छन्।
अध्यक्ष प्रचण्डले आइतबार बिहान चितवन निर्वाचन क्षेत्र ३ शिवनगरस्थित भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट मतदान गरेका थिए।
अध्यक्ष प्रचण्ड मतदान गरे लगत्तै आफू उम्मेदवार रहेको गोरखा-२ का लागि प्रस्थान गरेका छन।
प्रचण्ड चितवनका स्थायी बासिन्दा भए पनि उनी गोरखा-२बाट उम्मेदवार बनेका छन्।
उनी एमालेका अब्दुश मियाँ लगायतका उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।