काठमाडौँ- सुर्खेतमा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका-१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण सम्पन्न भएको हो।
कुल २ हजार ५ सय ७९ मतदाता रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताए।
उनले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदानस्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री / अपांगमैत्री बनाएको बताए।
यता गृहमन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकेको र निर्वाचन भयरहत, स्वतन्त्र र निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।