काठमाडौं– आइतबार देशभर हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ।
निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएकाे सरकारले जनाएको छ।
निर्वाचनका लागि ७२ घण्टासम्म भारतसँगको सीमा बन्द छ।
सशस्त्र प्रहरी बल भारतकाे सशस्त्र सीमा बलसँग निर्वाचनलक्षित संयुक्त ड्युटीमा खटिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी मनाङ जिल्लामा निर्वाचनलक्षित गस्ती पट्रोलमा पनि खटिएको सशस्त्र प्रहरी बल कार्यालयले जनाएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पनि खटिएको छ।
सशस्त्र प्रहरीहरू वडा नम्बर २ र ५ का विकट हिमाली क्षेत्रमा निर्वाचनलक्षित ड्युटी गर्दैछन्।
तस्बिरहरूः सशस्त्र प्रहरी बल प्रधान कार्यालय।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।