काठमाडौं- आइतबार हुन लागेको निर्वाचनलाई जोडेर समाजिक सञ्जालमा प्रचारमा आएका झुटा समाचारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
महासंघको आचारसंहिता अनुगमन विभाग प्रमुख पवन आचार्यले विज्ञप्ति निकालेर निर्वाचन जस्तो संवेदनशील विषयमा हुँदै नभएका समाचार गलत तरिकाले समाजिक सञ्जालमा सेयर भएको भन्दै आपत्ति जनाएका हुन्।
केही प्रमुख सञ्चारमाध्यमको मास्टरहेड प्रयोग गरेर शनिबार बिहान समजिक सञ्जजालमा निर्वाचन केन्द्रित गलत समाचार आएका थिए।
महासंघले यस्ता समाचार सेयर गर्न आम सञ्चारकर्मीमा आग्रह गरेको छ।
महासंघले शनिबार आएको गलत समाचारबारे अनुसन्धान भइरहेको र यसलाई कारबाहीको दायरामा ल्याउन पनि निर्वाचन आयोग, नेपाल प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्यूरोलाई ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।