काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रपतिले उक्त आह्वान गरेकी हुन्।
‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु। यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु’, राष्ट्रपति कार्यलयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेकाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जानेमा राष्ट्रपतिले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।