• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जमलका पुलमा मादल बजाउने बिगन रामहरूको कथा बुन्ने राजेन्द्र

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर ३, २०७९  १८:४०
1140x725

काठमाडौं- पुलमा मादल बजाउने बिगन रामहरूको कथा कसले लेख्छ होला?

कसले सुन्छ होला उनीहरूको दुःखको सुस्केरा? उनीहरूको नियतीको कथा लेखिनेबेला यही हो, सुस्केराको कविता सुनिनेबेला यही हो।

कवि राजेन्द्र तारकिणीले उनै बिगन रामहरूको सुस्केरा हृदयले सुने र कविता लेखे। संविधान दिवसको दिन संयोग जुर्‍यो, राजेन्द्रको कविता संग्रह ‘बिगन रामको मादल’लाई पाठकले हातमा सुम्सुम्याउन पाए।

कवितामा विगनहरूको आँसु यसरी छचल्किएको थियो-
रातभरि पेटीमा जाडोसँग ’लभ’ गरेर
बिगन राम बिहानै पुलमाथि सरेको छ
कठ्यांग्रिएका औंला ठोक्किएर
मादलको खरी रुन्चे भएको छ !
(मानौं, मादलभित्र छ भोकैभोकको ताल
खस्रा हातको चड्कनसँगै
घिन्ताङ–ताङ... रोइरहन्छ) 

राजेन्द्रका लागि कविता हतियार हो, जसले सत्ताहरूसँग विद्रोह गर्छ। संग्रहका कविताले पनि त्यही बोल्छन्। ‘कविहरू शान्त हुन्छन्। कविहरू बाहिर शान्त देखिए पनि भित्र कति अशान्त हुन्छन् !’ राजेन्द्र भन्छन्। 

उनलाई लाग्छ- कविमनलाई एउटै घटनाले उथलपुथल बनाइरहन्छ। ‘आँखैअघि अत्याचार देखिरहँदा बुद्धजस्तो कवि पनि कविताको हतियार उज्याउन थाल्छ,’ राजेन्द्र भन्छन्।

राजेन्द्रको नाम नेपाली साहित्य क्षेत्रमा नयाँ होइन। डेढदशक बढी भयो, बैतडीको पुर्च्यौडीबाट राजेन्द्रका कलमले प्रश्न गर्न थालेका। राजधानी पसेर साहित्य र पत्रकारितालाई उनका कलमले तिखार्ने प्रयत्न गरिरहेका। 

शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई समाज किन हेयको दृष्टिले हेर्छ? यो प्रश्नवाचक पीडाले राजेन्द्रको मन घोचिरहन्थ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यही घोचाइले जन्मियो चौथो कृति ‘बिगन रामको मादल’।

जमलको आकाशे पुलमा मादल बजाइराख्ने तराईको दलित समुदायमा पर्छन् बिगन राम। दृष्टीविहीन बिगनले राज्यलाई ‘म पनि छु है’ भन्दै मादल बजाएको पनि वर्षौँ भयो। विगन राम जस्तै आफनो अस्तित्व खोजिरहेकाको आवाजलाई अक्षरमा बुनेका छन् राजेन्द्रले ।

घण्टाघर ठूला ठूला परिवर्तनको मात्र साक्षी बसेको छैन। विगनको दैनिकीको पनि साक्षी बसेको छ। शीर्ष कविताका यी पंक्तिमा उनले भनेका छन्- 

घन्टाघरले देखिरहेछ यो सब
र, बेलाबेला अलर्ट गरिरहेछ

शहर सामन्तहरूको मात्र होइन। शहर बिगनहरूको मुखमा माड लगाउने थलो पनि हो। शहर सबै वर्गको हो। एउटा वर्गले अर्का वर्गलाई उत्पीडनमा पारेको राजेन्द्रलाई असह्य छ। तराईंको उत्पीडित समुदायका राम विगनले शहरमा गरेको संघर्षको कथालाई उनले कवितामा अभिलेख  गरेका छन्।

००० 

विसं २०४७, बैतडी पुर्च्यौडी नाकालीगाउँमा राजेन्द्र जन्मिए। सुदूरको विकट गाउँमा जन्मँदाको दुःख उनले पिँधबबाटै भोगेका छन्। 

उनी पढाइमा अब्बल दरिन्थे। तर एकदिन उनको जीवनमा एउटा घटना घट्यो, जसले निकै समयसम्म उनको खुसी खोसिदियो। कक्षा नौ पढ्दापढ्दै हाँडे रोग सिकार भए। रोगको उपचार हुन पाएन, दुर्भाग्यबस् उनले श्रवण शक्ति गुमाए। त्यतिबेला उनलाई बहिरा वा अरु भन्दा फरक छु भनेर स्विकार्न निकै कठिन भयो। ‘कहिलेकाहीँ सत्य स्विकार्न निकै गाह्रो हुने रहेछ। त्यो बेलाको पीडा म कहिल्यै बिर्सन सक्दिनँ,’  उनी सुनाउँछन्।

विकट गाउँमा अस्पताल थिएन। उनले उपचार पाउन सकेनन्। घरमै औषधि उपचार गर्दा पनि निको भएन रोग। अन्ततः सदाका लागि श्रवण शक्ति गुमाउँदा के भयो होला उनको मन? ‘म निकै दुःखी भएँ। त्यो दुःखलाई शक्तिमा बदल्न लेख्न सुरु गरेँँ,’  राजेन्द्र सुनाउँछन्।

०६३ सालतिरको कुरा। उनी आफ्ना वेदनालाई अक्षरमा फिजाउँथे। लेख्थे, लेख्थे र लेखिरहन्थे। कान सुन्न छाडेपछि कतिपयको सहानुभूतिका पात्र बन्नुपर्थ्यो , र खिसी ट्युरीको।

तर, समय त उल्टिँदो रहेछ। कुनैबेला सहानुभूतिका पात्र बनेका राजेन्द्र यतिबेला प्रेरणाका पात्र छन्।

राजेन्द्रले ०६५ सालमा एसएलसी उत्तीर्ण गरे। उच्चशिक्षा अध्ययनका लागि उनी काठमाडौँ हिँडे। बहिरा उच्च मावि नक्सालबाट उनले प्लस टु सकाए।

कलेज पढ्दै गर्दा ०६६ सालमा उनले ‘आमाको बेदना’ कवितासंग्रह प्रकाशन गरे। अर्को वर्ष दोस्रो संस्करण निकाले। ०६७ मै उनले दोस्रो कृति ‘नारी पुजा’ खण्डकाव्य प्रकाशित गरे। 

०६८ मा ‘बहिरो जीवन’ मुक्तक संग्रह प्रकाशित भयो। एक दशकपछि उनले चौथो कृतिका रुपमा कवितासंग्रह निकाले।

उनका लागि यो कविता मात्र हैन, दरिलो प्रश्न पनि हो। बिगन रामहरूको मादलको घिन्ताङ घिन्ताङ लय पनि हो। जुन सत्तामा आसिन नेतृत्वहरूलाई सुनाउन  चाहन्छन्।  

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी बुधबार, असार ३, २०८३
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्