• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘मतदान’ को सांस्कृतिक पक्ष:  दान गरेपछि के मिल्ला त प्रतिफल?

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर ३, २०७९  ०६:५५
1140x725

काठमाडौं–  मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको चुनावको लागि ४८ घण्टा पहिले बिहीबार मध्य रातिदेखि स्थिर अवधि (मौन अवधि) सुरु भएको निर्वाचन आयोगले जनाएको छ। 

तर, यही अवधिमा पैसा बाँडेर मत किन्न खोजेको भन्ने समाचारहरु देशका विभिन्न भागबाट आइरहेका छन्। महोत्तरीको बर्दिवासमा एकजना स्वतन्त्र उम्मेदवार चढेको गाडीबाट डेढ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

मतदान शब्दले मतको दानलाई बुझाउँछ। लोकतन्त्रमा मत दिने व्यक्ति नै सार्वभौम हुन्।  मतले विचार नै जनाउँछ भने दानले कुनै पनि वस्तु वा हक, अधिकार कसैलाई फिर्ता नआउनेगरी दिनु भन्ने जनाउँछ। 

दान धर्मसँग जोडिएको शब्द हो। धार्मिक विश्वासका आधारमा दान स्वेच्छाले दिइन्छ।  त्यसमा दिनेको कुनै हक हुँदैन भन्ने मान्यता हुन्छ। जसले दान प्राप्त गरे, उसले त्यसलाई जसरी प्रयोग गरे पनि हुने र एकल अधिकार स्थापित हुने सन्दर्भलाई जनाउँछ।

प्रतिनिधि छनोटका लागि मतपत्रमा छाप लगाइ मतपेटिकामा मतपत्र खसाउने कामलाई मतदान भनिन्छ। मतदान गर्नुलाई लोकतन्त्रमा नागरिकको दायित्व मानिन्छ। आफूलाई मन लागेको उम्मेदवार वा पार्टीका उम्मेदवारहरुलाई मत दिनु मतदाताको अधिकार पनि हो। 

नेपालको संविधानले पनि बालिग मताधिकारलाई सुनिश्चित गरेको छ। १८ वर्ष पुगेको वयस्कले मताधिकार प्रयोग गर्न पाउँछन्। लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन नै एक मात्र सुन्दर पक्ष हो। दलहरु प्रतिस्पर्धाबाट बहुमत निर्माण गरेर सत्ता र प्रतिपक्षमा बाँडिन्छन्। आफूले मन परेको प्रतिनिधिमार्फत् अभिमत प्रकट गरेको हुन्छ।

लोकतन्त्रमा जनता नै सर्वोपरी हुन्छन्। देशको सार्वभौमसत्ता जनतामा निहित हुन्छ। जनतामा निहित अधिकार भनेको मतदान नै हो। त्यसैले जतिसक्दो नागरिकले यसको प्रयोग गर्छन्। यो त भयो मतदानको राजनीतिक पक्ष।  मतदानको सांस्कृतिक पक्षबारे बुझ्न हामीले दुईजना संस्कृतिविद्हरुसँग कुराकानी गरेका छौं।

मतदानको गलत भाष्यले सांस्कृतिक, धार्मिक र आध्यात्मिक पक्ष नै फरक भयो : संस्कृतिविद् डा गोविन्द टन्डन

Ncell 2
Ncell 2
nimb
nimb

tandan.jpg'_'.2022-09-231668820090.jpg

संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दान शब्दको अर्थ र  महत्त्व असाध्यै ठूलो छ। टन्डन भन्छन्, ‘दान भनेको अर्कालाई दिनु हो। अर्कालाई दिन पाउनु भनेको सौभाग्य हो भन्ने हाम्रो सांस्कृतिक पक्ष नै छ।’ 

उनका अनुसार दान विभिन्न प्रकारका छन्। दान भनेको स्वेच्छाले, आनन्दले, स्वस्फुर्त तरिकाले दिनु रहेको उनी बताउँछन्। सांस्कृतिक रुपले पनि  मतदान भनेको खासमा दान नै हो। 

मतदान केका लागि गरिएको भन्ने चाहि ठूलो प्रश्न हो। ‘मतदान भनेको देश विकास, समृद्धि सुव्यवस्था होस् भन्ने अपेक्षासहित मतदाताले भित्रैदेखी दिने गर्छन्। मतदाताले आफ्नो विचार, अभिमत मतपत्रका माध्यमबाट दान गरेको हो। दान दिनेको हात सधैं माथि हुन्छ्। दान दिने नागरिक हुन्। त्यसैले मतदान गर्ने जनता पनि सबैभन्दा माथी हुन्छन्,’ डा टन्डनले भने।

Xtrem

Xtrem

मतदाताको निर्णय नै अन्तिम हुन्छ। तर, यहाँ दान दिने मान्छे तल हुन्छन् तर मतदान गरेका व्यक्ति पछि माथी जाने गरेको गुनासो गर्दछन्। डा टन्डनका अनुसार सुरूमा मतदान गर्न अपिल गर्दै दलका उम्मेदवारहरु नागरिकको घर घरमा पुग्छन्।

जब मतदान भएर जितेर जान्छन्, त्यसपछि भने विस्तारै उनीहरुले आफनो कर्तव्य भुल्ने गरेको आरोप लाग्ने गरेको छ।  ‘जसका कारण मतदानको सांस्कृतिक, धार्मिक र आध्यात्मिक पक्षमा  विस्तारै फरकपना आउँदै गएको छ’, उनी भन्छन्। 

नपाउन्जेलसम्म मेहनत गर्ने, पाइसकेपछि केहि पनि नगर्ने प्रवृत्तिले गर्दा मतदान वा दानको भाष्य नै फरक तरिकाले गएको उनले गुनासो गरे। ‘दान स्वेच्छाले दिने हो। मतदान पनि आफूलाई मन लागेको व्यक्तिलाई मात्र दिने हो। कसैको करकाप वा प्रलोभनमा दिइने मतलाई भने मतदान भन्न मिल्दैन।‘  

नेपालमा मतदान गर्न स्वस्तिक छाप प्रयोग गरिन्छा। सनातन धर्ममा स्वस्तिकको अर्थ कल्याण रहेको डा टन्डनले बताए। उनी भन्छन्, ‘यो अहिले जताततै प्रयोगमा आएको हुनाले त्यसको के अर्थ  छ र?  त्यसले कस्को कल्याण गरेको छ भन्ने तर्क होलान्। तर यसको शाब्दिक अर्थ भनेको कल्याण नै हो।’
००० 

मतदान भनेको लिनुदिनुको प्रकिया होइन : संस्कृतिविद् डा चिन्तामणि योगी

 

Untitled design (5)1668820171.pngसंस्कृतिविद् चिन्तामणिनाथ योगी भने दिनु भनेको कृया मात्र रहेको बताउँछन्। ‘त्यहि दिनुलाई हामीले दान भन्ने गरेको र त्यसमा विशिष्टता, पवित्रता र इमान्दारिता आयो भने दान हो’,उनी भन्छन्।

पसलको सामान दिनु भनेको पैसा लिनु हो। पसल, व्यवसायमा दिनु र लिनु दुवै हुन्छ। दान भनेको कृया त्यहि हो तर लिनु केही छैन दिनु मात्र हो। 

‘त्यस्तै मतदान भनेको पनि मेरो देशको विकास, समृद्धि होस् भन्ने अपेक्षा हुन्छ तर कुनै लिनु भने छैन,’ उनी भन्छन्, ‘देशको भलो होस् बाहेक केहि चाहिएको छैन। तर कोहि सन्तुष्ट भए कि भएन भन्ने कसरी मापन गर्न सकिन्छ र रु यो अदृष्य चिज हो।’ 

उनका अनुसार धर्म लाभ होस् भनेर चाहने मात्र हो। बाँकी केही गर्न सकिँदैन। दान भनेको त्यसैले कुनै अपेक्षा बिना निस्वार्थ तरिकाले गरिनुपर्छ। उनी भन्छन्, ‘मतदान भनेको देशको भलाईका लागि हो। हामीले देश विकास होस् भनेर दिएको कुनै प्रतिनिधिपात्रलाई हो नि। तर दान त नेतालाई दिएजस्तो हुन थाल्यो।’ 

कुनै दल र पार्टीलाई नदिएको बताए। ‘उम्मेदवारले पनि मलाईभन्दा पनि यो जनता, नागरिक र देश विकासका लागि हो भन्ने बुझ्न जरुरी छ’, उनले भने। 

मन्दिरमा दिइने दक्षिणा पुजारीलाई नभएको उनको भनाइ छ। राज्यको संरचना अनुसार आफ्ना प्रतिनिधिमार्फत नियम कानुन निर्माण गर्नका लागि मतपत्रमा मतदाताले मतदान गरेको उनले बताए। 

मतदान लिने मान्छेले पनि यसलाई मलाईभन्दा पनि यो देशका लागि हो भन्ने बुझन जरुरी छ। 

अहिले मतदान दिने लिनेका रुपमा निकै गलत भाष्य पैदा भएको गुनासो डा योगीले गरे। मतदानको महिमा नबुझ्दा एकदमै देश विकासमा ढिलाई भएको उनको बुझाइ छ। ‘मतदानको अपेक्षा भनेको पारमार्थिक हो। तर नेपालको राजनीति स्वार्थी बन्दै गएको छ,’ उनले भने। 

दिनेले पनि उदारभावले र लिनेले पनि उदारभावले लिनुपर्ने उनले बताए। ‘यो मतदान लिएकोमा मेरो कर्तव्य के हो भन्ने नबुझ्नु दु:खद छ’, डा योगी भन्छन्। 

उनका अनुसार मतदान स्वस्फुर्त रुपले लिनुपर्नेमा पैसाको चलखेल गरेर लिने गरेको देखिन्छ। उम्मेदवारहरुले शक्ति प्रदर्शन  गरेर आफूतिर मतदान गराउने गरेको समाचारमा आउँछ। जसका कारणले मतदानको महिमा र यसको भाव भने विकृत हुँदै गएको उनले गुनासो गरे।

 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०६:५५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्