सिड्नी (एजेन्सी)– हामी सबैको एउटा चाहना हुन्छ। कम काम गर्नु परोस् तर तलब टन्न आओस्। अस्ट्रेलियामा एउटी महिला यस्तै छिन्, जो एक घन्टामै १४ लाख ४० हजार रुपैयाँ कमाउने गर्छिन्।
अस्ट्रेलियामा अनलाइन गेमको ठूलो व्यापार छ। यी खेलहरु बजारमा पठाउनु पूर्व यसको स्तरको मापन गर्ने गरिन्छ। अस्ट्रेलियाकी यिनै चेल्सी नाम गरेकी युवती नयाँ गेमको गल्ती पत्ता लगाउन माहिर मानिन्छिन्।
उनलाई सानैदेखि गेममा रुचि थियो। जसका कारण उनले यसैलाई आफ्नो करिअर बनाइन्। गेम निमार्ण गर्ने कम्पनीको विशेष निमन्त्रणामा उनी कम्पनीको अफिस जान्छिन्। र, त्यहाँ एक घन्टा काम गरेको १४ लाख ४० हजार रुपैयाँ लिन्छिन्।
चेल्सी गेम खेलेर त्यसको गल्ती पत्ता लगाउँछिन्। उनले दिएको सुझावअनुसार कम्पनीले त्यसमा सुधार गरेर बजारमा आफ्नो प्रोडक्ट लैजाने गरेको छ। उनीसँग प्रत्यक्षरुपमा जोडिन धेरै मानिसहरु चाहन्छन्। उनले विज्ञापनबाट पनि थप मनग्यै पैसा आर्जन गर्ने गरेकी छिन्।
२ वर्षअघि सम्म उनी औषधी कम्पनीमा कार्यरत थिइन्। उनलाई यो पेशाले त्यति प्रभावित पार्न सकेन। यसपछि पुरानै सौखमा मोडिएकी हुन्। उनको सोशल मिडियामा ३ लाख ३० हजार फलोअर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।