• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदानमा सहभागी हुनुहोस्: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, मंसिर ३, २०७९  १२:४७
1140x725

यतिबेला आसन्न निर्वाचनको मौन अवधि चलिरहेको छ। निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेका छन्। निर्वाचनकै लागि भारत र चीनसँगका सीमा-नाकाहरु बन्द गरिएका छन्। मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ। 

निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन्। मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ। निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन्।

प्रस्तुत छ, मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग गरिएको कुराकानीः

निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारी के हो?
निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्नुपर्दा नेपाल सरकार र निर्वाचन आयोगको एकीकृत सुरक्षा योजना तयार भइसकेको छ। एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा परेका छन्। समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचनपछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ। 

यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिइसकेको अवस्था छ। निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिइसक्यो।

निर्वाचनका लागि कस्ता खालका चुनौती आकलन गर्नुभएको छ?
सुरक्षा चुनौती दिनानुदिन नयाँ-नयाँ हुँदै जाने गर्छन्। भर्खरै स्थानीय चुनाव सकियो। त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा, भयरहित रुपमा सम्पन्न गर्यौं। त्यसको अनुभवका आधारमा यसपालिको सुरक्षा योजना तयार गरेका छौँ।

हामीसँग दुई प्रकारका सुरक्षा चुनौती छन्। आन्तरिक र वाह्य सुरक्षा चुनौती। सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले सम्पूर्ण सीमा नाकाहरु निर्वाचनको दिनको ७२ घण्टा अगाडिबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ। त्यो अवधिमा सीमा नाकाहरु बन्द गर्नुपर्ने र छिमेकी देशहरुबाट हाम्रो देशमा मान्छेहरु आउने क्रमलाई रोक्नुपर्ने, आवतजावत बन्द गर्नुपर्ने थियो। त्यो पूरा गरिसकेका छौँ।

त्यो अवस्थामा मान्छेहरु आउँदा साना हतियार लिएर आउने, अपराधिक मनोवृत्तिका मान्छेहरु भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्न सक्ने जस्ता क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशका सुरक्षाकर्मीहरुसँग समन्वय गरिरहेका छौं। उदाहरणका लागि, हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरु छन् भने ती २२० वटा बोर्डर आउटपोष्टसँगै हाम्रो स्थायी चेक पोइन्ट बसेको छ। कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरु राखेका थियौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ-ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरुको ड्युटी तैनाथी हुन्छ। र, आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा वाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ। 

आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ। त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ। नेपाली सेना हुन्छ। मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ।

शान्तिपूर्वक रुपमा, भयरहित, निर्धक्क तरिकाले गएर मतदान गरेर फर्किने अवस्थासम्मलाई उहाँहरुलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पुर्‍याउनका लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरु राखेर सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ।

आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण बिथोल्ने प्रयास हुनसक्छ। यसलाई कसरी विश्लेषण गर्नुभएको छ? कुनै निगरानी छ कि छैन?
निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसाबले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो। सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिम पनि राखेका छौँ। स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ, कस्ता खालका घटना हुन सक्छन् भन्ने हेर्छौं। 

Xtrem

Xtrem

त्यहाँ दुई किसिमका घटना हुन सक्छन्, एउटा निर्वाचन बहिष्कारवादीहरुले गर्नसक्ने घटना। अर्को राजनीतिक दलहरुको आपसी झडपका घटना। यी दुई वटै घटनालाई सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिने गरी हामीले योजना बनाएका छौँ। त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ।

मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान बन्दोबस्त कसरी गर्नुभएको छ? यी कामका लागि चाहिने सामग्रीको बन्दोबस्ती कस्तो छ? कत्तिको पर्याप्त छ? कसरी व्यवस्थापन गरिएको छ?
मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित साथ मत गणनास्थलसम्म पुर्‍याउनका लागि निर्वाचन क्षेत्रमा टोली खटिएको हुन्छ। निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ।

लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्नेमा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरु अपुग भयो भने पनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर कुनै समस्या नहुने गरी सुरक्षाको वातावरण मिलाएका छौँ।

अन्त्यमा, सशस्त्र प्रहरी बल नेपालको प्रमुखको रुपमा यहाँले मतदातालाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि?
हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने हो। यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ। यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनै पनि किसिमको कमी-कमजोरी नदिने हो। मतदाताहरुलाई कुनै पनि किसिमको डर, धम्की, त्रासको वातावरण हुने छैन। ढुक्कका साथ मतदान गर्ने वातावरण हुन्छ। त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागी हुनका लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:४७
  • #चुनाव_२०७९
  • #सुरक्षा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्