काठमाडौं– अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ का २८ वर्षीय राजकुमार हेमरम छन्।
जबरजस्ती करणीमा मोरङ जिल्ला अदालतले कारागार चलानको आदेश दिएपछि कैद भुक्तान गरिरहेका उनी अस्पतालबाट भागेका थिए।
क्षयरोग लागेपछि विरानटगरको क्षयरोग अस्पतालमा उपचाररत उनी असोज १५ अस्पतालबाटै फरार भएका थिए। फरार कैदीलाई बिहीबार झापाबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई मोरङ पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।