ललितपुर– ललितपुरको जावालाखेलमा शुक्रबार बिहान साढे ८ बजेतिर भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
वाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार एवं सम्पर्क कार्यालय नजिक भेटिएको उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ।
बिहान करिब ८ बजेतिर चुनाव प्रचार कार्यालय अगाडि कुकरमा तार जोडिएको शंकास्पद वस्तु फेला पारेपछि सो क्षेत्र सिल गरिएको थियो।
घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली झिकाइएको थियो। तर, सो वस्तु बम नभएको पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।