अमेरिका- करिब दुई दशकदेखि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको नेतृत्व गरिरहेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्।
८२ वर्षीया पेलोसी कंग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा काम गर्ने पहिलो महिला हुन्।
उनले कंग्रेसको तल्लो सदनमा क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्। यो मध्यावधि चुनावपछि रिपब्लिकनहरूले सदनको नियन्त्रण फिर्ता लिने अनुमान गरिएको छ।
रिपब्लिकनका केभिन म्याकार्थीले नयाँ कंग्रेसमा सभामुखका लागि पार्टीमा जितेका छन् र पेलोसीको उत्तराधिकारी उनी हुने सम्भावना बढेको छ। पेलोसीले बिहीबार चेम्बरमा एक विज्ञप्तिमा भनिन्, 'मैले कहिल्यै सोचेको थिइनँ कि म कुनै दिन गृहिणीबाट सभामुख बन्नेछु।'
'म अर्को कंग्रेसमा नेतृत्वको लागि पुन: निर्वाचनमा लड्न चाहन्नँ। नयाँ पुस्ताले नेतृत्व गर्ने समय आएको छ,' उनले भनिन्। पेलोसीले नयाँ सभामुख चुनिने समय अर्थात् जनवरीसम्म सभामुखको रूपमा काम गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।