• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माइतीघरमा आन्दोलित सुकुम्बासी भन्छन्- टहरा भत्काएर कहाँ जाऊँ?

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १, २०७९  १९:५२
1140x725

काठमाडौं- बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म सडकमा केही नाराहरू बेसरी गुन्जिए। ‘मानव अधिकार सुनिश्चित गर’, ‘डोजर आतंक बन्द गर’, ‘विना विकल्प उठिबास बन्द गर’, ‘लालपूर्जा दे सरकार’ भन्दै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका सुकुम्बासीहरू स्थायी बासको निम्ति याचना गरिरहेका थिए। 

बागमती सभ्यता एकीकृत विकास समितिले गोरखापत्रमा सूचना प्रकाशन गर्दै मंसिर ४ गतेभित्र बागमती र सहायक नदी किनारामा बनाइएका टहरा भत्काउन निर्देशन दिएको थियो। 

नहटाए आफैँ भत्काउने चेतावनी समितिको थियो।

‘म त्यही क्षेत्रमा जन्मे हुर्केँ। एक्कासि नगरले जा भन्दैमा कहाँ जाने ?’ बौद्धस्थित सुुकुम्बासी बस्तीमा बस्दै आएका श्याम कुमार पराजुली भन्छन्। समितिले १० दिनको अल्टिमेटम दिएपछि बस्तीका अन्य मानिससँग उनी पनि आन्दोलनमा निस्किएका थिए। श्यामका अनुसार बौद्धमा १ सय २५ सुकुम्बासी परिवार छन्। ‘विभिन्न बाहनामा यसरी पटक पटक हामीलाई दुःख दिइयो। चुनावमा हाम्रा भोट चाहिने अनि जितेर गए उल्टै हामीमाथि डोजर लगाउने ?’ श्याम आक्रोशित सुनिन्छन्।

सुदीप लामाका परिवार बौद्धको सुकुम्बासी बस्तीमा बसेको तिन पुस्ता भइसकेको छ। उनी यहीँ जन्मे। सधैं सरकारबाट दुःखमात्र पाइरहे। राजनीतिक दलका नेताले सधैँ आफूहरूको समस्यालाई चुनावी एजेण्डामात्र बनाएको उनको गुनासो छ।

‘चुनाव आउँदा बस्तीमा भोलि नै लालपूर्जा हातमा थमाउँछौं भन्दै मत तान्ने। तर लालपुर्जा नदिने । अब त कसैको गुनासो छैन,’ उनको गुनासो छ।

बस्तीमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालादेखि नै आतंक भइरहेकाले अब कडा विद्रोहमा उत्रिने चेतावनी सुकुम्बासीहरूको छ। ‘सूचना पाएदेखि बस्तीमा कोही निदाउन कसेका छैनन्,’ सुदीप दुःखेसो पोख्छन्। 

सुदीपको नागरिकता छ। मतदाता नामावली पनि छ। ‘सबै हुँदा हुँदै पनि वर्षौँदेखि भोगचलन गर्दै आएको बस्तीमा लालपूर्जा किन नदिने?’ उनी प्रश्न गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले लालपूर्जा दिलाएर सुकुम्बासीको व्यवस्थापन गरोस् भन्ने माग उनीहरूको छ।

मनकुमारी लामा पनि ०५० सालदेखि निरन्तर आन्दोलननमा छिन्। पटक-पटक बस्तीबाट उठाउन खोज्ने सरकारले आफूहरूलाई विकल्प नखोजिदिकएको उनको गुनासो छ। मजदूरी गरेर कमाएको पैसाले बनाएको टहरो भत्कने डरमा मनकुमारीको निद्रा हराएको छ। ‘अब त्यही टहरा भत्काए भने कहाँ जाऊँ,’ उनी दुखेसो पोख्छिन्। 

५० वर्षीया सरला सुवेदी शंखमूल नजिकैको सुकुम्बासी बस्तीमा बस्दैं आएकी छन्। उनले यसअघि यो सूचना पाएकी थिइनन्। तर अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपात हटाएको देख्दा मन त्रसित भएको उनी बताउँछिन्।

‘देशकै जनता भएर पनि सुकुम्बासीलाई विभेद राज्यले गरेको छ। हामी यो देशको नागरिक होइनौँ र?’ उनको प्रश्न छ।

Xtrem

Xtrem

रुकुम पश्चिमका भक्तबहादुर थापा २५ वर्षअघि रोजगारीको क्रममा राजधानी छिरे। उनका छिमेकीहरू बानेश्वरस्थित मिन भवन क्याम्पस पछाडि रहेको सुकुम्बासी बस्तीमा  बसेका थिए। उनी पनि त्यहीँ बस्न पुगे।  

बस्ती हटाइए कहाँ जाने ? उनीसँग यतिबेलाा विकल्प छैन। 

बालाजु क्षेत्रमा रहेको सुकम्वासी बस्तीमा बस्दै आएका रामप्रसाद तिवारी पनि आन्दोलनमा होमिएका थिए। उनको माग छ- बसिरहेको ठाउँमा बस्न पाऊँ। बागमती करिडोरका सुकुम्बासीलाई विस्थापित गर्न ९ वटा डोजर तयार पारिएको कुरा उनी सुनाउँछन्। ‘डोजर आयो भने छाती तेस्र्याउँछौँ, तर बस्ती छाड्ने छैनौँ,’ रामप्रसाद भन्छन्।

बागमती किनारमा ३५ सय सुकुम्बासी बस्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्