• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत मधेस प्रदेश

प्रतिनिधि सभाले ओझेल पारेको प्रदेश निर्वाचन

64x64
नवीन झा शनिबार, मंसिर ३, २०७९  १०:५८
1140x725

जनकपुर– यही मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदैछ। तर सञ्चारमाध्यमदेखि विभिन्न चुनावी बहसमा प्रतिनिधि सभा र तिनका उम्मेदवारको चर्चा भइरहँदा प्रदेश सभा भने ओझेल पर्‍यो।

प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार चुलिँदै जाँदा समेत मधेसको प्रदेश सभा निर्वाचन छायामा परेको स्थानीय बुद्धिजीवी तथा अगुवाहरु बताउँछन्। प्रमुख दलहरु रणनीतिक रुपमा प्रदेशको महत्व कम गर्नकै लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै पटक गराएको आरोप समेत उनीहरुले लगाएका छन्।

संघीयता मधेसको प्रमुख राजनीतिक मुद्दा भएकाले प्रदेश सभालाई त्यति महत्व नदिनु चिन्ताको विषय भएको मधेसका बुद्धिजीवीले बताएका छन्। २०६३ को पहिलो मधेस आन्दोलन नै अन्तरिम संविधानमा संघीयता नलेखेका कारण भएको थियो। सोही आन्दोलनले नेपालको राजनीतिमा उपेन्द्र यादवसहित उनको पार्टीलाई स्थापित गरेको थियो। त्यसयता थप दुई चोटी मधेसमा आन्दोलन भएको छ। यी सबै आन्दोलनको प्रमुख अजेन्डा नै संघीयता थियो। 

२०७२ मा नयाँ संविधान जारी हुँदा ल्याइएको सात प्रदेशको अवधारणाप्रति पनि मधेस केन्द्रित दलहरु सहमत थिएनन्। तर पछि मान्न बाध्य भए। यद्यपि, मधेस प्रदेशमा उनीहरुले बहुमतको सरकार बनाए। 

प्रदेश उम्मेदवारको चर्चा कम 
पर्साको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ चर्चामा रहेको क्षेत्र हो। किनकी, त्यहाँ जसपाका नेता प्रदीप यादव र कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीबीच प्रतिस्पर्धा छ। सो क्षेत्रमा प्रदेशतर्फ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार छन्। राउतलाई नेपाली कांग्रेसका रामकुमार कुर्मीले टक्कर दिइरहेका छन्। तर त्यहाँ राउत र कुर्मीको खासै चर्चा छैन।

Ncell 2
Ncell 2
nimb
nimb

बारामा लोसपा संसदीय दलका नेता तथा मधेस प्रदेशका पूर्व भौतिक मन्त्री जितेन्द्र सोनल प्रदेशतर्फ उम्मेदवार छन्। केही समयअघि मात्रै सोनलका प्रमुख सहयोगी सन्तोष यादव जसपामा प्रवेश गर्दै सोनलका मुख्य प्रतिस्पर्धीतर्फ खुलेको देखिएको छ। यस्तै मधेस सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादवसँग चुनावी मैदानमा छन्। 

सप्तरीको क्षेत्र नम्बर २ त अहिले मधेस प्रदेशमै सर्वाधिक चर्चामा रहेको क्षेत्र हो। किनकी, त्यहाँ प्रतिनिधि सभामा उपेन्द्र यादव र सिके राउतबीच कडा प्रतिस्पर्धा देखिएको छ। यादवसँगै प्रदेशतिर मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह उम्मेदवार छन्। तर उनको चर्चा खासै कतै देखिएको छैन। सप्तरी- २ संविधान सभाका पूर्वसदस्य र संघीय सरकारमा मन्त्री भइसकेका माओवादी नेता उमेश यादव प्रदेश सभा उम्मेदवार बनेका छन्। उनलाई पनि प्रतिनिधि सभा उम्मेदवारले ओझेल पारिदिएका छन्।

संघीयताप्रति अनुदार 
विरगञ्जका अधिवक्ता अनिरुद्र सिंहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै पटक गर्नु गलत अभ्यास भएको बताए। यसले प्रदेशको महत्व नै नरहेको र केन्द्रको छाया जस्तो मात्रै देखिएको सिंहले बताए।

Xtrem
Xtrem

नेपालमा प्रादेशिक राजनीति नहोस् भन्ने उद्देश्यले यस्तो गरिएको उनको ठम्याइ छ। सिंहले छिमेकी मुलुक भारतको उदाहरण दिँदै त्यहाँको बलियो प्रान्तीय राजनीतिबाट काठमाडौं डराएर नेपालमा त्यस्तो नहोस् भन्ने ध्येयले दुवै निर्वाचन एकै चोटी भइरहेको उनको विश्लेषण छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १५ वर्ष प्रदेशको मुख्यमन्त्री भएर केन्द्रमा प्रधानमन्त्री भएको उदाहरण दिँदै सिंहले प्रान्तीय राजनीतिको अभ्यास मजबुत तरिकाले अगाडि बढेमा विकल्पको राजनीति त्यहीँबाट हुनसक्ने आकलन पनि गरे।

मधेस मामिलाका जानकार पत्रकार चन्द्रकिशोर प्रदेश कमजोर बन्दै गएको विषयमा मधेश केन्द्रित दलहरु बोल्नुपर्ने बताउँछन्। ‘प्रमुख पार्टीहरुले कमजोर प्रदेश नै चाहेकाले उनीहरुको यो सरोकारको विषय नै भएन। उनीहरुले सके भने प्रादेशिक संरचना नै हटाउन चाहन्छन्,’ चन्द्रकिशोर भन्छन्, ‘तर प्रदेश बलियो होस् भन्ने चाहने शक्तिले पनि एक चोटी आवाज उठाएको देखिएन।’

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १०:५८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक बुधबार, असोज २१, २०८३
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्