भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सधैं घेराबन्दी र चक्रब्यूहमा पार्न खोजिएको बताएका छन्। बिहीबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफू चक्रब्यूहमा परेको अभिमन्यु भएकाले अब चितवनले न्याय गर्नुपर्ने बताए।
‘मलाई पटक–पटक म हुनुको प्रमाण मागिन्छ। पटक–पटक मलाई प्रमाणित गर्छ लगाइन्छ,’ उनले भने, ‘म यो देशको समर्पणका लागि आएको हुँ। मैले न्यायको लागि आवाज उठाउँदा के विगार्ने आजसम्म पत्ता लगाउन सकेको छैन। अब एउटै कुरा मात्र छ म जिउँदो छु भनेर वडामा सिफारिस माग्नुपर्ने हुने छ।’
उनले आफू विवादसँग नडराउने भन्दै देश निकाल्न खोज्दा पनि अडिक रहेको र दु:खमा सवैको आँगनमा पुगेको दाबी गरे। उनले भविष्यका लागि काम गर्न खोजेको भन्दै उनले दु:खको कुरा कसैले गर्दा पनि आम मानिसलाई नछाकाले आफू अगाडि आएको दाबी उनले गरे।
आफ्नो सभामा भएको भिडतर्फ संकेत गर्दै उनले त्यहाँ जम्मा भएका मानिसहरु पैसा दिएर वा खाना खुवाएर नआएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।