काठमाडौं– निर्वाचन आयोगले नेपाल कमर्स क्याम्पस, मीनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
एमाले काठमाडौ क्षेत्र–१ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी हुँदै निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
क्याम्पस प्रमुख सिलवाल राजनीतिक उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्रीसमेत संलग्न गरी उजुरी परेकाले बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।