काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’का प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेजी गरेको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको उम्मेदवारी खारेजी गरिदिएको हो।
मेहता लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट उम्मेदवार रहेका थिए।
‘प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नंबर ४ ‘ख’ सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो’, आायेगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।