पोखरा– युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’को नाम कालोसूचिबाट हटिसकेको जनाएको छ। प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार रहेका बरालविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले स्वरोजगार कोषलाई पत्राचार गरेको थियो।
कोषले निर्वाचन कार्यालय कास्कीलाई बरालको नाममा लिएको ऋण चुक्ता गरी कालोसूचिबाट हटिसकेको पत्र पठाएको हो।
२०६९ चैत १२ मा लिएको कर्जा २०७९ जेठ ६ मा चुक्ता गरी मन्त्री बराल कर्जाको दायित्वबाट मुक्त भइसकेको कोषले लेखेको पत्रमा उल्लेख गरिएको छ।
बरालले ५० लाख रूपैयाँ ऋण लिएर उनी संलग्न गण्डकी सञ्चार सहकारी संस्थाले अहिलेसम्म नबुझाएको र बरालको नामसमेत कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै कास्कीकोटका बोधराज रेग्मीले बुधबार निर्वाचन आयोगमा उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।